भोलिदेखि उपत्यकाभित्र सार्वजनिक गाडी नचलाउने यातायात व्यवसायीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात संचालन नगर्ने घोषणा गरेका छन् ।

सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

ट्राफिक प्रहरीले ऐन विपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको भन्दै यातायात मजदुरले अहिले बालाजुमा सडकमा बस तेर्स्याएर आन्दोलन गरिरहेका छन् ।

उनीहरु विभिन्न १० बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् । आफ्ना मागहरु तत्काल पूरा नभए सार्वजनिक यातायात नै यातायात ठप्प पार्ने उनीहरुको चेतावनी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।