काठमाडौं । ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।
केहीबेर अघिदेखि उनीहरु सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अबरुद्ध गरेका हुन् । काठमाडौंको माछापोखरी, नयाँ बसपार्क बाइपास क्षेत्रमा सवारी चालकले गाडी नै सडकको बीचमा रोकेर विरोध जनाएका हुन्।
ट्राफिक नियम मिच्दा हुने जरिवाना बढी भएको भन्दै सवारी चालकले विरोध जनाएको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए। नयाँ व्यवस्था अनुसार ट्राफिक नियम मिच्दा पाँच सयदेखि १५ सय रुपियाँसम्म जरिवाना गर्दै आएको छ।
Comment