काठमाडौं । कोरोना भाईरस महामारी नियन्त्रणका लागि मास्क लगाउन अनुरोध गर्दै विश्व स्वास्थ्य संगठनले मास्क लगाउने नयाँ गाईडलाईन सार्वजनिक गरेको छ ।
मास्क लगाउँदा मानिसहरुले आफू कोरोनाभाइरसबाट सुरक्षित भएको ठान्ने हुँदा स्वास्थ्यकर्मीका लागि मास्कजस्ता आवश्यक उपकरणमा कमी आउने भन्दै नयाँ निर्देशिका जारी गरेको हो ।
विश्व स्वास्थ्य संगठनले आफ्नो नयाँ निर्देशिकामा सार्वजनिक यातायात, बजार र शरणार्थी शिविरजस्ता स्थान, जहाँ पर्याप्त सामाजिक दुरी स्थापित गर्न सम्भव छैन, त्यहाँ घरमा बनाइएको मास्क लगाउन सल्लाह दिइएको छ ।
यसका साथै, ८ वर्ष माथिका एकैपटक दुईवटा रोग लागेका बिरामीलाई भने मेडिकल मापदण्ड अनुसारको मास्क लगाउन उक्त निर्देशिकामा भनिएको छ । अहिले संसारभर मास्क लगाउन अनिवार्य गर्ने क्रम बढेको छ ।

Comment