धादिङमा टिपरमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  धादिङको थाक्रे गाउँपालिका-६ मा टिपरमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। थाक्रे-११ का १५ वर्षीय संगम लामाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा शाही बाबा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२-०२५ प ५१११ नम्बरको स्कुटर गए राति करिब १२ बजे दुर्घटना भएको थियो। पार्किङमा राखेको बा४ख २६५४ नम्बरको टिपरको पछाडि स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।