चीनको वुहानबाट कोरोनाका सबै बिरामी डिस्चार्ज, सफलताको स्वेतपत्र जारी गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । गत डिसेम्बरमा कोरोना भाईरस देखा परे पछि चीनको सबै भन्दा खराब अवस्थाको सामना गरेको वुहान शहरका सबै अस्पतालमा रहेका कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन् । अब कुनै पनि अस्पतालमा एक पनि बिरामी बाँकी छैनन् भने नयाँ संक्रमित पनि भेटिएका छैनन् ।

अस्पतालहरुमा रहेका अन्तिम ३ जना बिरामी बिहिबार डिस्चार्ज भएको, नयाँ संक्रमित र मृत्यु नभएको अधिकारीहरुले बताएका छन् ।

वुहान सहित हुवेई प्रान्तमा जम्मा ६८ हजार १ सय ३५ संक्रमित भएकोमा ६३ हजार ६ सय २३ डिस्चार्ज भएको र ४ हजार ५ सय १२ जनाको मृत्यु भएको अधिकारीहरुले उल्लेख गरेका छन् ।

झोगंनान अस्पतालका आईसियु निर्देशक पेगं जियोगंले पछिल्लो परिस्थितिले वुहानले महामारी बिरुद्धको युद्धमा सफलता पाएको संकेत दिएको बताएका छन् ।

चीनले कोरोना बिरुद्धको युद्ध र सफलताको बारेमा आईतबार स्वेत पत्र जारी गर्ने तयारी गरेको ग्लोबल टाईम्सले लेखेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।