पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ ।

नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । 

जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । 

जिल्ला अदालतको फैसलाविरुद्ध  जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुवै पक्षले दिएको पुनरावेदनमाथि शुक्रबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । 

सो आदेशसँगै अब शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरामा उपस्थित गराउनुपर्नेछ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।