चितलको छालासहित एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी ।  कैलालीबाट चितलको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिक-५ बस्ने खेमराज सापकोटा रहेका छन्।

उनलाई गए राति १० बजे इलाका प्रहरी कार्यालय सुखडको टोलीले घरबाटै पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक लक्ष्मण शाही कमाण्डको टोलिले उनलाई छालासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।