स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंको स्वयम्भू नयाँ पूलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । 

गएराति नयाँ पुल चौमतीमा प्रदेश ३–०१–००३०–७५१२ नम्बरको डिजल बोक्ने ट्याङ्करको ठक्करबाट बा ८१ प १७८६ नम्बरको स्कुटरका चालक काठमाण्डौ महानगरपालिका–२४ बस्ने ५५ वर्षका नरेन्द्रमुनि बज्राचार्यको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उहाँको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा ज्यान गएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।