पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका–६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँका २६ वर्षीय शंकर महतो छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले उनीहरुलाई मिथिला नगरपालिका–२ नक्टाझीस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको हो।

शंकाको आधारमा रोशनलाई जाँच गर्दा प्रहरीले माउजर पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको गोली दुई थान बरामद गरेको थियो ।

शंकर महतोसँग ७० हजार रुपैयाँमा पेस्तोल किनेको सोधपुछका क्रममा रोशनले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ। उनले ५० हजार रुपैयाँ दिइसकेको २० हजार रुपैयाँ दिन बाँकी रहेको पनि बताएको प्रहरीले जनाएकोछ।

सो जानकारी लगत्तै प्रहरीले शंकर महतोलाई तत्कालै पक्राउ गरेरको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।