लकडाउन खुकुलो बनाउने गृहकार्य, पुरानो पास नवीकरण गर्नु नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले लकडाउन थप गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौले यसअघिको पासलाई मान्यता दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी निलो पास लकडाउनभर मान्य हुने जानकारी दिएको हो ।

अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर अव भने नवीकरण गरिरहनु नपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले जेठ २१ देखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन भनेको हो ।

पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

सवारी पास तयार भएको जानकारी प्राप्त भएपश्चात मात्र कार्यालयमा सम्पर्क गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। सरकारले जेठ ३२ गतेसम्म लकडाउन कायम नै गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।