राष्ट्रपति कार्यालयको गलैंचा २७ लाखमा फेरिंदै, करोडको प्रचार (बोलपत्रको सूचना)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । राष्ट्रपति कार्यालयको बैठक कक्षमा गलैंचा फेर्ने कम्पनीका सञ्चालकले लागत भन्दा तेब्बर रकम बढाई गलैंचा फेर्न लागियो भनी अफवाह फैलाइएकोप्रति आश्चर्य प्रकट गरेका छन् ।

सोमबार केही सञ्चारमाध्यमबाट शितल निवासमा एक करोडको गलैंचा फेर्न लागिएको समाचार बाहिर आएको थियो ।

तर, गलैंचा फेर्न टेण्डर पारेका हिमालयन डेकोरका प्रवन्ध निर्देशक शोभा गुरुङले जम्मा काम नै २७ लाख ५४ हजारको टेण्डर खुलेको जानकारी दिनुभयो ।

‘त्यहाँका बैठक कोठामा गलैंचा फेर्ने जिम्मेवारी हामीले नै पाएका हौं । सरकारी कार्यालयबाट प्रतिष्पर्धा गरेर तोकिएको रकम अनुसार काम हुन लागेको हो । तर कहाँबाट करोडको कुरा आयो आश्चर्य लागेको छ, गुरुङले भन्नुभयो ।

भइरहेका पुराना र विदेशी मेसिनबाट बनेका गलैंचाको साटो हातले बनेका नेपाली गलैंचा फेर्न शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गत वैशाख १२ गते पहिलोपल्ट टेण्डर निकालेको थियो ।

उक्त सूचनामा नेपाली उनी गलैंचा सप्लाई गर्न क्षेत्रफल सहित करिब २७ लाख ५४ हजारको अनुमानित लागत समेत तोकी प्रतिष्पर्धा गराइएको थियो । 

तल हेर्नुहोस् कार्यालयले प्रकासित गरेको बोलपत्रको सूचना:-


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।