काठमाडाैं उपत्यकाका १५ रूग्न सडक असार मसान्तभित्र निर्माण सम्पन्न हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपत्यकाका १५ रुग्ण योजनाका निर्माण व्यवसायीले विभिन्न समयमा सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको बिहीबारको बैठकमा उनीहरूले आआफ्नो समस्या सुनाउँदै अब सम्पन्न गर्नसक्ने अवधि बताएका हुन् । 

पन्ध्र आयोजनामध्ये कतिले माघ, कतिले फागुन त कतिले असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । सो अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ थापा र विभिन्न आयोजनाका प्रमुख र सम्बन्धित निर्माण कम्पनीका तर्फबाट प्रतिनिधि सहभागी भएका थिए । 

निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा रहेको सजिलो र अप्ठ्यारोका बारेमा जानकारी गराएका थिए । यसरी प्रतिबद्धता जनाउने कम्पनीमा तुदी–प्रेरा जेभी बागडोल ललितपुर, दिवा–शैलुङ जेभी, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि, आशिष सिएम जयबाबा जेभी, महालक्ष्मी–वल्र्डवाइड भण्डार धोदुङ जेभी, सुनकोशी–प्रजिल जेभी, महर्जन निर्माण सेवा र ड्रागन–महर्जन जेभी रहेका छन् । 

समय सीमाभित्र सम्पन्न नभएका तर स्थानीय तहले सम्पन्न गरिसकेका आयोजना फरफरक गर्न दुवै पक्षबीच सहमति भएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायी र कर्मचारीका सम्बन्धमा भएका खराब धारणा बदल्न लाग्नुपर्ने बताए । राजनीतिज्ञ, कर्मचारी व्यवसायी सबै मिले राष्ट्र निर्माणमा लाग्नुपर्नेमा उनको जोड थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।