नुवाकोटका काेराेना पाेजेटिभ व्यक्तिका परिवार र आफन्तकाे रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएका नुवाकोट ककनीका एक व्यक्तिका परिवार र उनको सम्पर्कमा रहेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का उनको परिवार र सम्पर्कमा रहेको ब्यक्तिको स्वाब संकलन गरि गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको गाउँ पालिका स्रोतले जनाएको छ ।

गत बुधबार, विहीबार र आइतबार गरि गरिएको पीसीआर परिक्षण नेगेटिभ आएको हो । संक्रमण पुष्टि भएका व्यक्ति भने लागातार गरिएको परीक्षण नेगेटिभ आएसँगै शुक्रबार नै डिस्चार्ज भएका थिए ।

बुधबार र शुक्रबार आएको रिपोर्टहरु दुवै नेगेटिभ रहेकाले उनलाई कोरोना संक्रमण नभएको पुष्टि भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।