३०१ औं पृथ्वीजयन्ती मनाइँदै, आज सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज पुस २७ गते, ३०१ औं पृथ्वीजयन्ती मनाइँदैछ।

प्रत्येक वर्ष पुस २७ गते तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइदै आएको छ । 

तत्कालीन अवस्थामा गोरखाका राजा रहेका पृथ्वीनारायण शाहले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए। त्यसैले उनलाई आधुनिक नेपालको निर्माण शुरु गर्ने राजाका रुपमा पनि हेरिन्छ । 

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाए।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदैछ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

राप्रपाले आज देशैभर कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउँदैछ। पृथ्वी जयन्तीमा आज गोरखामा पनि विशेष कार्यक्रम छ, पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम पनि छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।