कृषि विकास बैंकको लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको पुस २५ गते बसेको बैठकले सेयरधनीलाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ८.०५ प्रतिशत कम हो । बैंकले सो आवमा २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

त्यसैगरी, बैंकले गत वर्षको नाफाबाट अग्राधिकार सेयर पूँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।