तुइनबाट खसेर दार्चुलामा १० वर्षीय बालक बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला । ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । 

बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको हो । घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारी आएको बताइएको छ ।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।