पाँचथरको फिदिममा आगलागी : दुई महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। 

स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो। मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले थाहाखबर जानकारी दिए। 

राईका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन्। आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको राईले बताए।

बिजुली ‘सट’ भएर आगलागी भएको अनुमान गरिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।