सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पुष १३ गतेदेखि पुष १६ गतेसम्म साबिकको मेचि र कोशीको अञ्चल बित्र्तामोड इलाम बिराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन समेत गर्न गइरहेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।