लागूऔषध सहित दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । मलंगवा नगरपालिका-६ खुटौनाको नहरबाट अवैध लागूऔषध गाँजा करिब १२ केजी सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मलंगवा नगरपालिका-३ बस्ने ३० वर्षीय तौसिफ राजा मिकरानी र ३१ वर्षीय अजमल मिकरानी रहेका छन् । 

प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले मुसैलीबाट भांडसरतर्फ जाँदै गरेको बिआर ३१ एक्स ९८१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा  उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले गाँजालाई कार्टुनमा लुकाई छिपाई लैजाँदै  थिए । सोही क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ  गरिएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।