महानगरीय प्रहरी वृत्त कालीमाटीका ११६ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत ११६ प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले एक सय १६ को नमूना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। थप ११५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको छ । सिल गरिएपछि वृत्त र प्रभागसहित त्यहाँ रहेका ट्राफिक प्रहरीसमेत दुई सय ३१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

अब एक सय १५ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुई सय ३१ जनाकै नमूना संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

नमूना संकलन गरिएका सबै प्रहरी अहिले क्‍वारेन्टाइनमा छन्। उनीहरू सबै ब्यारेकभित्रै बसिरहेका छन्। कालीमाटी क्षेत्रको सुरक्षा जिम्मेवारी अन्य प्रहरी युनिटले गर्दै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।