देउखुरीबाटै लुम्बिनी प्रदेशसभा सचिवालयको कामकाज शुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीबाट प्रदेशसभा सचिवालयको सबै कामकाज हुने भएको छ ।

अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभा सचिवालयको सबै कामकाज यही पुस ११ गतेदेखि दाङबाटै कामकाज हुने लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रदेशसभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको जनाइएको छ  । “अबको प्रदेशसभा बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ यहीँ राख्ने योजना छ”, सूचनामा भनिएको छ ।

प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् । दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ । रु पाँच करोड २० लाख लागतमा प्रदेशसभा भवन तयार भइसकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।