शेयर बजार स्थीर, १ अर्ब ११ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)०.०१ अंकले घटेर १८६७.२१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २४७ कम्पनीको १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ बराबरको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ३ वटा समूह बढेको छ भने अन्य सबै घटेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

झिनो अंकले बढेको बजारमा दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला, र धौलागिरी लघुवित्त कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा नेपाल टेलिकमको शेयर कारोबार भएको छ । यसको आज १४ करोड ९९ लाख भन्दा बढीको कारोबार भएको छ ।

एनआईसी एशिया बैंकको ५ करोड ६९ लाख र नबिल बैंकको ५ करोड ३१ लाखको कारोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।