काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रको बजेट आगामी आर्थिक वर्षको लागि बढेको छ। चालू आर्थिक वर्षमा ३४ अर्ब ८० करोड रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षका लागि ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको हो। चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो ।
स्थानीय तह तथा प्रदेशलाई दिने अनुदान वृद्धि गरि कृषि क्षेत्रको मल विउ उत्पादन तथा वितरण दिइने अनुदानको दायरा समेत अर्थमन्त्री युवराज खतिवडाले बढाएका हुन्।
प्रधानमन्त्री कृषि कार्यक्रमको पुनसंरचना गर्दै हरेक स्थानीय तहमा पकेट क्षेत्र, हरेक स्थानीय तहमा नर्सरी निर्माण जस्ता नयाँ कार्यक्रम कृषिमा सर्वजनिक भएको छ। त्यस्तै सरकारले यो वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ।
खतिवडाले संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता वृद्धि नगरिएको तर भत्तालाई निरन्तरता दिएको बताए ।
सरकारले महिनाको तीनहजार सामाजिक भत्ता दिँदै आएको छ।नेकपाले चुनावको बेला भत्तालाई पाँच हजार पु¥याइने प्रतिबद्धता जनाएको थियो । तर, कोरोना संक्रमणको कारण दुई महिनादेखि जारी लकडाउनले अर्थतन्त्रमा असर परेको अर्थमन्त्री खतिवडाले बताए। सरकारले समाजिक सुरक्षा भत्ता नबढाएको देखिन्छ।
सुरक्षा भत्ताका लागि सरकारले यो वर्ष ६७ अर्ब ५० करोड रकम छुट्याएको छ। त्यस्तै ७० वर्षमा माथिका वृद्धहरुलाई १ लाख निःशुल्क बीमा यो वर्ष थप गर्दै ६ लाखलाई समेट्ने योजना अघि सारेको छ ।

 
		    		 About Us
                        About Us
Comment