काठमाडौं । कैलालीमा भएको अज्ञात व्यक्तिहरुको गोली प्रहारबाट घाइते भएकामा सुन व्यापारी भएको खुलेको छ । हिजाे साँझ मोटरसाइकलमा आएका अज्ञात व्यक्तिको गेली प्रहारबाट घाइते भएका ३१ वर्षीय विकास गौतम न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक भएको खुलेको हो ।
साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा व्यवसायी गौतम घाइते भएका छन् । गोली चलाउनेहरुको पहिचान खुल्न नसके पनि उनीहरुले सुन लुट्ने उद्देश्यले व्यवसायीमाथि गोली प्रहार गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
गोली प्रहारबाट गौतमसँगै अर्का एकजना पनि सामान्य घाइते भएका छन् । प्रहरीले मोटरसाइकलमा आएर गोली प्रहार गर्नेहरुको खोजी गरिरहेको जनाएको छ । घाइते गौतमको उपचार भइरहेको बताइएको छ ।
Comment