घट्यो इन्धनको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १७८, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

यसअघि भारतीय आयल कर्पोरेसन (आईओसी)ले पटकपटक मूल्य घटेको सूची पठाए पनि मूल्य समायोजन नगरेको निगमले शुक्रबार भने तीन रुपियाँ घटाएको हो। निगमले विज्ञप्ति सार्वजनिक गर्दै घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।