सर्लाहीमा गोली चल्यो, सशस्त्र प्रहरी जवान घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । घरबिदामा गएका एक सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ। सर्लाहीको रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहलाई गोली हानिएको हो।

काभ्रेस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणमा कार्यरत रामनगर गाउँपालिका ४ निवासी ३० वर्षीय साह घाइते भएका छन्। उनको दाहिने हातको पाखुरामा गोली लागेको छ।

चिनजानकै साथीहरूसँग खाजा खाइरहेका बेला विवाद हुँदा गोली हानिएको खुलेको छ। गोली हानिएपछि दुई जना फरार छन् भने रामप्रवेश साहलाई प्रहरीले पक्राउ गरेको छ।

अहिले उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार साहले दिएको ऋण फिर्ताको विषयमा विवाद हुँदा उनीमाथि गोली हानिएको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।