अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो ।

पहिलो सेट दशरथचन्दले २५–२३ अङ्कले जितेको थियो । त्यसपछि मेलौलीले २५–२१, २५–१९ र २५–१६ अङ्कले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै मेलौलीले रु एक लाख २५ हजार र ट्रफी प्राप्त गर्यो । उपविजेता दशरथचन्दले रु ७५ हजार र ट्रफी पायोे । तेस्रो भएको पाटन नगरपालिकाले रु ३५ हजार पुरस्कार प्राप्त गर्यो ।

विजेता, उवविजेता र तेस्रो भएको टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मङ्सिर २५ गतेदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा नौ स्थानीय तहसहित १० टोली सहभागी भएका ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए ।   

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।