सेनाले खरिद गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ ।  

सेनाले चीनको गोन्जाउबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । 

निगमको जहाजमा १४ हजार ८ सय २० केजी (करिब १६ टन) बराबरका विभिन्न स्वास्थ्य सामग्री ल्याइएको छ ।

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।