नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेपाल एसबिआई बैंक संचालक समितिको अध्यक्षमा जयती बन्सल चयन भएकी छन् ।

स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएकी उनी अध्यक्षमा चयन भएकी हुन् ।

जयतीले एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धक पदमा कार्यरत रही एसबीआईको विदेशी रणनीति, व्यवसाय प्रवर्द्धन, संचालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरुको संचालन लगायतका मामिला हेर्दै आएकी छन् ।

उनलाई एसबीआई बैंकको अध्यक्ष बनेसँगै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।