काभ्रे बस दुर्घटना अपडेट : १८ जनाको मृत्यु, २५ घाइतेहरुको अवस्था गम्भीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा हिजाे (मंगलबार) साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएकाे छ।

बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशथानको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरको रिभर्ज बस दुर्घटना भएको थियो ।

अहिलेसम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका ११ सल्लेबाट  व्रतबन्धका लागि गएको  बस दुर्घटना भएको बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।