चिनियाँ जहाज लिलाम गर्दै निगम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाल वायुसेवा निगमले पाँच वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ ।

ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा रहेका जहाज निगमले लिलामी गर्न लागेको हो ।

जहाल भाडामा चलाउन कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको भन्दै निगमले लिलामीका लागि सूचना निकालेको हो ।

अहिले ती विमान अन्तराष्ट्रिय विमानस्थलको ‘रिमोट पार्किङ वे’मा थन्काइएको छ ।

निगमले निकालेको सुचनामा ‘जहाजलाई भाडामा सञ्चालन गर्न कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएकाले अर्थ मन्त्रालयको रायअनुसार लिलाममार्फत बिक्री गर्न मूल्यांकनको सूचना निकालेको’ उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।