बीवाइडीका विद्युतीय गाडी किन्न नबिल बैंकले ८०% सम्म ऋण दिने, ब्याजदर कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकले विद्युतीय सवारी साधन खरिद गर्न सहजै ऋण दिने भएको छ । यसैक्रममा, बैंकले बीवाइडीका विद्युतीय गाडी (ईभी) किन्न ८० प्रतिशतसम्म ऋण दिने सम्झौता गरेको छ ।

नेपालका लागि बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंक र नबिल बैंकबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार बीवाइडी कुनै पनि विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण पाउन सक्नेछन् । यस्तो ऋण ७ वर्ष अवधिका लागि पाउने छन् ।

बीवाइडीको ईभी खरिदका लागि बैंकले १२.९९ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ । यो सुविधा नबिल बैंकका सबै शाखाबाट पाइने जनाइएको छ ।

नबिल बैंकले यसअघि हुन्डाईका विद्युतीय सवारी खरिद गर्दा पनि सहजै ऋण दिने सम्झौता गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।