काठमाडौं । नेपालमा ६ थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित अछामका एक पुरुष, बर्दियाका तीन जना पुरुष, पर्साका दुई जना पुरुष रहेको छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको ६८२ संख्या पुगेको छ भने ११२ जना निको भएर घर फर्किएका छन् ।
Comment