२ महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जनाले एकैदिन कोरोनालाई जितेका छन् । उपचारछि निको भएर डिस्चार्ज हुनेमा २ महिने शिशु र १० जना बालबालिकासहित १८ जना रहेको अस्पताल स्रोतले जनाएको छ ।

आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन्।

यो परिवारका ३७ वर्षीय पुरुषलाई गएको वैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यसै दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।

उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा वैशाख २४ गते परिवारका अरु १७ जना सदस्यमा पनि सङ्क्रमण देखिएपछि १७ जनालाई पनि वैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ७ जनालाई डिस्चार्ज गरिएको थियो। यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।