सामसुङद्वारा दसैँ अफरका बम्पर विजेतालाई रनौल्ट कार हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सामसुङ नेपालले ‘यो वर्षको दसैँ उपहार डेली टीभी, ड्याम्मै कार !’ अफरका बम्पर विजेतालाई रनौल्ट क्रिवद कार हस्तान्तरण गरेको छ । कम्पनीका  निर्देशक प्रणयरत्न स्थापितले उक्त कारको चाबी विजेतालाई हस्तान्तरण गरेका हुन् ।

सामसुङ नेपालले यसपालिको दसैँमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘यो वर्षको दसैँ उपहार डेली टीभी, ड्याम्मै कार !’ अफर ल्याएको थियो । अगस्त २८ देखि सेप्टेम्बर ३० तारिखसम्म चलेको उक्त अफरअन्तर्गत २६ जना भाग्यशाली विजेताहरूले एक–एकवटा ६५ इन्चका नयाँ सामसुङ टीभी पाए भने एक भाग्यशालीविजेताले बम्पर पुरस्कारस्वरुप रेनल्ट कार जिते ।

सामसुङ नेपालका निर्देशक स्थापितले भने, ‘‘सर्वप्रथम त म सबै भाग्यशालीविजेताहरूलाई बधाई दिन चाहन्छु । सामसुङले सधैँ हाम्रो ग्राहकहरूको कदर गर्दै उहाँहरूका लागि वर्षैभरि केही न केही योजनाहरू लिएर आइरहेको हुन्छ । हाम्रा ग्राहकहरूले पनि हामीबाट अझ नौला र उत्साहजनक अफरहरूको अपेक्षा गरिरहेका हुन्छन् । हामीले यस्ता कार्यक्रमहरू सञ्चालन गरेर ग्राहकहरूसँग खुसियाली बाँड्ने मौका पाउँछौँ ।’

उनले थपे, ‘फेरि पनि सबै भाग्यशाली विजेताहरू र बम्पर पुरस्कारका विजेतालाई धेरै धेरै बधाई, र आशा छ कि हामीले यस्तै अफर र उपहारहरू ल्याउने अवसर पाउनेछौँ र हाम्रा ग्राहकहरूमा थप मुस्कान र उत्साह ल्याउनेछौँ ।’

सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि अझै यस्तै नौला र लाभदायक अफर ल्याउने प्रतिबद्धता पनि गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।