लाभांश पारित गर्न नेपाल इन्भेष्टमेण्ट बैंकले पुस ७ डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औँ बार्षिक साधारण सभा पुस ७ गते बस्ने भएको छ। आइतबार बसेको सञ्चालक समितिको ५७८ औँ बैठकले साधारण सभा पुस ७ गते गर्ने निर्णय गरेको हो।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ देखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।

बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

हाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर प्रक्रियामा छन् । मेगा बैंकले पनि लाभांश घोषणा गरिसकेको छ । मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७.८३  प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।