काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।
चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ । यद्यपि, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्यान्टिनमा बाँकीमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताएका छन् ।
अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको छ ।
Comment