काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्ती अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्।
संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।
Comment