कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन ।  चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ। 

चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो। 

घरदैलो गर्ने क्रममा पार्किङ गरिराखेको गाडिमा मोटरसाइकल चढेर आएका ६ जनाले इँटा प्रहार गरेको गाडीका चालक जितबहादुर रानाले बताए। तोडफोडबाट गाडीको अगाडिको सिसामा क्षति पुगेको छ। भाइजर पनि फुटेको चालक रानाले जानकारी दिए।

उक्त गाडि अगाडि रहेको  प्रदेश ३-०१- २४ च ९०६१ नम्बरको निसानको म्याग्नेट गाडीको सिसा पनि फुटेको छ। डीएसपी नरहरि अधिकारीले घटनाको छानबिन थालिएको बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।