काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार बिहिबार ९ जना संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षणहरु छ ।
Comment