वालिङमा बाघको आक्रमणबाट तीन जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा ।  वालिङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइते हुनेमा ६८ वर्षीय  कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली रहेका छन्।

खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि बाघले झम्टिएको हो।

घाइते तीन जनालाई वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको छ। उनीहरू सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बाघलाई अहिले चण्डीप्रसाद पराजुलीको घरभित्र एउटा कोठामा थुनेर राखिएको स्थानीयले बताए। 

बाघलाई नियन्त्रणमा लिन प्रहरीसहित वन कार्यालयको टोली घटनास्थल पुगेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।