कालिमाटीबाट फलफूल र तरकारी ल्याउन निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।

नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी गर्नुभएको सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याइ व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडाभन्दा कडा कारवाही गरिने उल्लेख गरिएको छ ।

यसैगरी सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री वितरणका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्नसमेत व्यवसायीमा अपिल गरिएको छ । रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।