विद्युतलाइन भूमिगत गर्दा तीनकुनेस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्वय नगरी नेपाल विद्युत प्राधिकरण काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेमा अवस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति पुगेको छ ।

प्राधिकरणको आयोजनाले विद्युतलाइन भूमिगत गर्दा तीनकुनेमा रहेको मुख्य खानेपानी पाइपलाइनमा पुगेको क्षतिका बारेमा निर्देशनालयलाई जानकारी नगराएका कारण बिहिबार काठमाडौंको सुन्दरीजलबाट बागमतीको प्रशोधित खानेपानी खुमलटार लैजाने क्रममा चुहावट भई तीनकुने क्षेत्र जलमग्न भएको हो । 

क्षति भएको मुख्य पाइपलाइनको मर्मत तथा पुनःस्थापनाको कार्य कसरी अगाडि बढाउने र त्यसका लागि लाग्ने खर्चका सम्बन्धमा निर्देशनालयबाट अध्ययन शुरु भएको छ । मुख्य पाइपलाइनको मर्मत एवम् पुनःस्थापनाका लागि लाग्ने सम्पूर्ण क्षतिपूर्ति रकम नेपाल विद्युत प्राधिकरण काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले व्यहोर्नुपर्ने जानकारी गराइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।