स्नातकमा पत्रकारिता पढ्ने १४ विद्यार्थीलाई सरकारले छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले स्नातक तहमा पत्रकारिता अध्ययनरत १४ विद्यार्थीलाई छात्रवृत्ति दिने भएको दिन भएको छ ।

सूचना तथा प्रसारण विभागले बुधबार सार्वजनिक सूचना निकालेर ३० दिन भित्र छात्रवृत्तिका लागि आवेदन आव्हान दिन गरेको हो।

सूचनामा पत्रकारिता विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी वा स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीलाई आवेदन दिन आव्हान गरिएको छ ।

आवेदन दिन नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, १२ कक्षा उत्तीर्ण गरेको लब्धाङ्कपत्रको प्रतिलिपि, सम्बन्धित क्याम्पसले स्नातकमा पत्रकारिता विषय लिएर पढेको भन्ने प्रमाणित गरिएको सिफारिस पत्र, पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ।

यसका साथमा दलित, जनजाती, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रबाट आवेदन दिने हकमा यी विद्यार्थीले उक्त समूह प्रमाणित हुने कागजात पेश गर्नुपर्नेछ।

सूचनाको विस्तृत विवरण www.doinepal.gov.np बाट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।