प्रहरीमाथि हातपात गर्ने वडाध्यक्षका छोरासहित दुई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन्। उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । 

लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन्। लकडाउनको बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरीमाथि नै हातपात गरेका थिए।  प्रहरी सहायक निरीक्षक दीप तामाङमाथि हातपात गरेपछि पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइएको र थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। 

ढुङ्गा लागेर घाइते भएका प्रसनि तामाङको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।