काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।
क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो । उनले गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए ।
उनको भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भइरहको थियो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।
यसअघि बाँकेको नरैनापुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको र सिन्धुपाल्चोकको एक सुत्केरी महिलाको मृत्यु भएको थियो ।
Comment