कस्तो रहला आज दिनभरको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले  देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

भोलि पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ। भोलि देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।