कस्तो रहला आजको मौसम?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१ र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश–१, मधेस प्रदेशका साथै वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।  

आज राति प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै, पूर्वी नेपालमा बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र ‘सित्रगं’ को अप्रत्यक्ष आंशिक प्रभाव रहेको विभागले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।