काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भेलो खेल्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् ।

हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारमा रातिमा देउसी भैलो खेल्ने प्रचलन भएपछि सुरक्षा निकायले सुरक्षको मध्यनजर गर्दै देउसी भैलो खेल्न नदिने निर्णय गरेको जनाइएको छ ।

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ ।

आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरेको छ । ​आतिसबाजी नगर्न र पटाका नपड्काउन शनिवार बिहानबाट माइकिङ गरिने जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।