मनसुन बाहिरिएसँगै देशभरको मौसममा सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालबाट मनसुन बाहिरिएसँगै देशभरको मौसममा सुधार आएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। जसले गर्दा देशभरको मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिन पनि देशभरको मौसम सफा रहने विभागले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।